काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत बोनस बापतको ४४ लाख ९८ हजार ७७.३७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यसैगरी, आज नेप्सेमा शिभम् सिमेन्टको १४.२५ प्रतिशत बोनस बापतको ६२ लाख ७० हजार कित्ता बोनस सेयर र नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस बापतको १४ लाख ९४ हजार ७६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् तीन वटै कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
प्रतिक्रिया