ताजा समाचार

तीन कम्पनीको सेयरमुल्य नेप्सेमा समायोजन

सोमबार, १४ फागुन २०८०, १६ : ५२

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको १ करोड २२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनीको १० प्रतिशत (१४ लाख ९४ हजार ७६६ कित्ता),शिवम सिमेन्टको १४.२५ प्रतिशत (६२ लाख ७० हजार कित्ता) र साइन रेसुंगा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत (४४ लाख ९८ हजार ०७७.३७ कित्ता ) बोनस सेयर सूचीकृत भएको हो । 

यी कम्पनीहरुको कुल १ करोड २२ लाख ६२ हजार ८४३.३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

सोमबार, १४ फागुन २०८०, १६ : ५२

प्रतिक्रिया