ताजा समाचार

२००१ को विन्दुमा उक्लियो सेयर बजार

मंगलबार, १५ फागुन २०८०, १६ : ४३

काठमाडौं- साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । मंगलबार बजार ९.३४ अंकले बढेर २००१ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३८० कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६करोड ९८ लाख १३ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा ७ वटा उपसूचकमा हरियाली छाएको छ । मंगलबार बैंकिङ समूहको ०।४७ प्रतिशत, विकास बैंक समूहको ०.१४ प्रतिशत, हाइड्रोपावर समूहको ०.४६ प्रतिशतले सेयर मूल्य बढेको हो ।

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

मंगलबार, १५ फागुन २०८०, १६ : ४३

प्रतिक्रिया