नेप्सेमा झिनो अंकको गिरावट, उन्य उपसुचक कस्तो ?

२ महिना अगाडि

काठमाडौँ- साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । 

आज नेप्से परिसूचक ०.८७ अंक अर्थात ०.०४ प्रतिशतले घटेर २०००.७७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१ ७ प्रतिशतले घटेर ३५६.४५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता सेयर २ अर्ब ३ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.५१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.३६ प्रतिशतले घटेको छ । बीमा समूह घटेपनि आज ८ वटा बीमा कम्पनीको सेयरभाउ बढेका छन् ।   सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्नेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.९८ प्रतिशतले बढेर ५३८ रुपैयाँ पुगेको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ०.८२ प्रतिशतले बढेर ६१५ रुपैयाँ पुगेको छ ।  

यसका साथै एनएलजी इन्स्योरेन्सको ०.८० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.६१ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.२८ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.२७ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२३ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ०.०७ रुपैयाँले सेयरभाउ बढेको छ ।   त्यस्तै, आज सर्वाधिक गुमाउने अर्थात सेयरभाउ घट्ने बीमा कम्पनीमा प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.६७ प्रतिशतले घटेर ७६५ रुपैयाँ कायम भएको छ ।  

यसका साथै हिमालयन लाइफको १.५५ प्रतिशत, नेको इन्स्योरेन्सको १.४९ प्रतिशत, सन नेपाल लाइफको १.१८ प्रतिशत, सानिमा जिआइसीको १.१५ प्रतिशत, सुर्यज्योति लाइफको १.०६ प्रतिशत, एशियन लाइफको १.०४ प्रतिशत, शिखरको ०.७० प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५९ प्रतिशत, युनाइटेड अजोडको ०.५८ प्रतिशत, एलआइसी नेपालको ०.५५ प्रतिशत, नेपाल लाइफको ०.५० प्रतिशत, हिमालयन एभरेष्टको ०.४७ प्रतिशत, आइएमई लाइफको ०.३८ प्रतिशत, सलिकोको ०.३१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२३ प्रतिशत र सिटिजन लाइफको ०.०२ प्रतिशतले सेयरभाउ घटेको छ ।  

बीमा कम्पनीहरुमा आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ८ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज सोनापुर मिनरल्सको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज १२ करोड ६९ लाख बढीको सेयर कारोबार भएको छ । हिमालयन रि इन्स्योरेन्सको आज ८ करोड ६ लाख,बोटलर्स नेपाल९तराई०को ७ करोड ४ लाख, शिवम सिमेन्टको ६ करोड ६ लाख र हिमालयन डिस्टीलरीको ५ करोड ८३ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज विशाल बजार,बोटलर्स नेपाल (बालाजु)र बोटलर्स नेपाल (तराईं) को सेयरमूल्य १० प्रतिशतले बढेको छ ।  त्यस्तै बिपिडब्लु लघुवित्तको सेयरमूल्य ९.९९,चिरख्या हाईड्रोको ९.६४ र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य ६.८६ प्रतिशतले बढेको छ ।   आज सामलिङ पावरको सेयरमूल्यमा सर्वाधिक अर्थात ६.६६ प्रतिशतको गिरावट आएको छ । यो दिन गुँरास लघुवित्तको सेयरमूल्य ५.९७,मिडसोलु हाईड्रो ५.२३ र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ३.७७ प्रतिशतले ओरालो लागेको छ ।   नेप्सेमा सूचीकृत ३०८ कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ६ वटा समूहमा हरियाली छाएको छ भने ७ वटा समूह राताम्य भएका छन् ।  

 

२ महिना अगाडि

प्रतिक्रिया