एक कम्पनीको ३० लाख इकाई डिबेन्चर नेप्सेमा सूचीकृत

२ महिना अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार नबिल बैंकको ३० लाख इकाई डिबेन्चर सूचीकृत भएको छ ।

नबिल बैंकले मंसिर ३० गतेदेखि पुस ३ गतेसम्म तीन अर्ब रुपैयाँ बराबरको ‘९५ नबिल डिबेन्चर २०८७’ ऋणपत्र बिक्री खुला गरेको थियो । यस दिन नेप्सेमा सोही ऋणपत्र सूचीकरण गरिएको हो ।

नेप्सेले यसलाई कारोबारका लागि ‘नबिलडी८७’ संकेत प्रदान गरेको छ ।

२ महिना अगाडि

प्रतिक्रिया