बेलायतमा बेरोजगारी दर वृद्धि

१ हप्ता अगाडि

काठमाडौँ - बेलायतमा तलब वृद्धि सुस्त भएकै समयमा बेरोजगारी दर बढेको मंगलबार सार्वजनिक भएको सरकारी तथ्यांकले देखाएको छ । 

यसले ब्याजदर कटौतीको सम्भावना खुला राखेको विश्लेषण गर्न लागिएको छ । फेब्रुअरीमा सकिएको तीन महिनामा बेरोजगारी दर ४.२ प्रतिशतमा उक्लिएको छ । जनवरीसम्मको तीन महिनामा यो दर ३.९ प्रतिशत रहेको एक विज्ञप्तिमा राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस)ले भनेको छ । रोजगारी बजार सुस्ताउन थालेको मोटामोटी संकेत मिलिरहेको ओएनएसमा आर्थिक तथ्यांक निर्देशक लिज म्याक्क्वीन भन्छन् ।

समीक्षा अवधिमा बोनस बाहेकको नियमित तलब वृद्धि अघिल्लो महिनाको ६.१ प्रतिशतबाट घटेर ६ प्रतिशतमा ओर्लिएको छ । बेलायतको वार्षिक मुद्रास्फीतिसँगको समायोजनपछि भने वास्तविक तलब २.१ प्रतिशतले बढेको छ । फेब्रुअरीमा त्यहाँको मुद्रास्फीति करिब साढे २ वर्षयताकै न्यून स्तरमा झरेको थियो ।  

१ हप्ता अगाडि

प्रतिक्रिया