आर्थिक क्षेत्रमा एआईको प्रयोग र चुनौती

मंगलबार, १३ जेठ २०८२, १२ : ३०

विश्वमा कृत्रिम बौद्धिकता (आर्टिफिसिएल इन्टेलिजेन्स–एआई) प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ । प्रविधिको विकाससँगै यसमा दिनप्रतिदिन विकसित रुपमा एआई प्रविधिहरू देखा पर्न थालेका छन् । विकसित मुलुकहरू यसको अनुसन्धान गर्दै कसले चाँडै विकास गर्ने भन्नेमा प्रतिस्पर्धा नै भएका छन् । जुन विश्व प्रर्तिस्पर्धात्क हिसावले ठीक छ । मानिसको दिमागमा चिप राख्नेदेखि लिएर एआईको प्रयोग हाल लडाइँको क्षेत्रमा समेत प्रयोग भइरहेको अवस्था छ । 

एआईको प्रयोग

एआईको क्षेत्रमा विदेशीमात्रै होइन, नेपालीहरू पनि प्रशस्त काम गरिरहेका छन् । एआईलाई एकदमै सजिलो तरिकाले बुझ्नको लागि कसरी सोच्नुपर्छ भने पहिला मानिसले गर्ने काम थियो । त्यो कम्प्युटरले गर्न सक्छ भने त्यसलाई साधारण भाषामा एआई भन्छौं ।  ड्राइभरबिना गाडी चल्ने, रोबोटले बिनारिमोट कन्ट्रोल आफैँ काम गर्ने । च्याट जीपीटी त धेरैले सुनेकै छौँ । 

एआई विकास 

एआईले आफैँ वा निर्देशनको आधारमा नियम बनाएर काम गर्ने प्रणाली हो । सोचेभन्दा धेरै छिटो एआईको व्यापक प्रयोग र अनुसन्धान भइरहेको छ । यसको मुख्य कारण ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) हो । जीपीयू इन्फास्ट्रक्चर, लार्ज डेटा सेटलगायतका कारणले यति चाँडै विकास भएको हो । 

ठूला–ठूला डेटा ट्रेन गरेर काम गर्न सकेका कारण पनि एआई यति चाँडो विकास भएको हो । त्यस अवस्थामा कम्प्युटरको प्रयोग निकै सीमित थियो । उक्त बेला कम्प्युटरमा डेटा सेट ग र्‍यो भने त्यसको रिजल्ट आउन धेरै समय लाग्थ्यो ।  एकदमै ढिला हुने अवस्था थियो । अनुसन्धान निकै ढिला भइरहेको भान हुन्थ्यो । जीपीयू आएपछि मात्रै यति चाँडो विकास र अनुसन्धान भएको हो । डीप लर्निङ आउनु अघि धेरै अनुसन्धान भएको छ । 

एआई क्यामेरा भनेको चाहिँ साधारणतया त्यस वस्तु वा मानिस छ्ट्याउन सक्ने हुन्छ । यो सवारी हो ।  यो मानिस, यो मोटरसाइकल हो भन्ने कुरा स्वचालित रुपमा छुट्याउन सक्ने प्रविधि भनेको एआई हो ।  यस्ता प्रविधिले सुरुमा यसलाई पहिचान गर्न सक्छ । दोस्रोमा त्यसलाई पच्छ्याउन सक्छौँ ।  क्यामेराले एक ठाउँमा रेकग्नाइज गरेपछि अर्कोमा ठाउँमा पुग्दा पनि त्यसले पछ्याउन सक्छ । यस्ता प्रविधिले आज दिनभरमा यति गाडी, मोटरसाइकल, साइकल, मानिस यताबाट यता गयो भन्ने छुट्याउन सक्छ ।  

च्याट जीपीटी जस्ता सिस्टमहरूले आफैँ सोच्छन् भन्ने छ । यी कुराहरू प्रश्नवाचक कुराहरू हुन् । साधारणतया ट्राफिकको सेटिङमा यो मान्छे, यो गाडी हो भनेर रेकग्नाइज गरेको भए ट्र्याक गर्न सक्यो । त्यसको आधारमा निर्णय लिनको लागि चाहिने रणनीति छ त्यो निकाल्ने भयो ।  च्याट जीपीटी, डिपसिकजस्ता सिस्टमहरूले प्रश्नकर्ताको आधारमा उपयुक्त जवाफ जुन हो त्यही दिन्छ भन्ने हामीले सोच्छौँ । तर, त्यसको उत्तर एउटै मात्र त हुँदैन । सोधेको प्रश्नको अन्य पनि सम्भावित उत्तरहरू हुन्छन् । रिजनिङ मोडलहरूमा टप १० उत्तरहरू निकालेर त्यसको विश्लेषण गरेर कुन बढी उपयुक्त छ । सोही आधारमा उत्तर छानेर दिउ भन्ने मोडलमा काम गर्छ । 

के–के गर्छ एआईले ? 

एआईले ‘भिजुअल रेकग्नाइज’ गर्न सकेको छ । यो गाडी, यो मान्छे हो भनेर ‘रेकग्नाइज’ गरेको छ । ‘ल्याङग्वेज’ र ‘भिजन’को ‘कम्बिनेसन’मा केही निर्देशन दिएर काठमाडौंको चित्र निकाल भनेर दिइयो भने आफैँ चित्र निकाल्छ । ‘ल्याङग्वेज’बाट ‘भिजन’मा जाने र ‘भिजन’बाट ‘ल्याङग्वेज’मा जाने त्यस्ता कामहरू पनि ‘एआई सिस्टम’ले गर्न सक्छ । अहिलेको अवस्था लगभग त्यही छ ।  अहिले धेरै रिसर्च भइरहेको भनेको ‘रिजनिङ सिस्टम’ भन्छौँ । त्यसमा एआईले प्रश्नअनुसार तुरुन्तै उत्तर नदिइकन धेरै सम्भावित उत्तरहरूलाई विश्लेषण गरेर त्यसमध्ये उपयुक्त उत्तर छानेर दिनेछ । 

अर्को भनेको ‘स्मल ल्याङ्ग्वेज मोडल’ हो । अहिलेको च्याट जीपीटीलगायतका टुलहरूमा अर्बौँ अर्बको प्यारामिटर, न्यूरोनहरू हुन्छ ।  त्यसलाई सञ्चालन गर्न निकै ठूलो कम्प्युटर र जीपीयू आवश्यक हुन्छ । यसलाई कसरी सानो पार्ने ? निकै ठूलो स्केलभन्दा सानो ल्याङ्ग्वेज मोडल बनाउन सक्छौँ कि सक्दैनौँ ? भन्ने कुराहरूमा धेरै रिसर्च भइरहेको छ । 

के लाखौंको जागिर खानेछ एआईले ?

कुनै पनि वस्तुको घरेलु उत्पादनपछि औद्योगिक क्रान्ति आयो । सबै मेसिनमा सिफ्ट भयो । त्यसमा घरेलु कामदारको जागिर गयो । मेसिन चलाउन नजान्नेको त जागिर गयो नि ! त्यसकारण एआईसँग फेमिलियर नहुने धेरैको जागिर जान्छ ।  उदाहरणको लागि भन्नुपर्दा अहिले फिल्म क्षेत्रमा धेरैको जागिर जान्छ । फिल्म इन्ड्रस्ट्रीमा एआईको प्रयोग धेरै हुने गरेको छ ।  पहिला एक सय जनाको काम अहिले १० जनाले गर्न सक्छन् । १० जनाले एआई टुल प्रयोग गरेर गर्न सक्छ । यससँगै अब विस्तार एआई टिचर, एआई डक्टरलगायतको ट्रेन्ड आइरहेको छ ।  ड्राइभरलेस कार, ग्राफिक्स डिजाइनलगायतमा यसको ट्रेन्ड आइरहेको छ ।  यसैगरी न्याचुरल ल्याग्वेज प्रोसेसिङ र भिजनको प्रयोग हुन्छ त्यहाँ एआईको प्रयोग बढ्दै जानेछ । 

अर्को भनेको जुन प्रकारले सफ्टवेर इन्डस्ट्री चलिरहेको छ । हालका सबै सफ्टवेर आउँदो एक दुई वर्षमा एआई इनेबल हुनैपर्छ । अहिले चलिरहेको सफ्टवेर १.० हो भने आउँदो २.० हुन्छ ।  २.० भनेको पूर्ण रुपमा एआई प्रयोग भएको हुनेछ । एआई एजेन्ट, एआई डिसिजन मेकिङ कम्पोनेनेन्टले १० जनाको काम एक जनाले गर्न सक्छ । च्याटजीपीटीजस्ता टुलहरूले पाँच जनाको काम एक जनाले गर्न सक्छ । त्यसको मतलब चार जनाको जागिर त गयो नि । पछिल्ला ३–४ वर्षदेखि अल्मल्याउनु अहिलेको समयमा एकदमै महत्वपूर्ण टपिक हो । यसमा धेरै रिसर्च भइसकेको छ । धेरै प्रोग्रेस पनि भइसकेको छ । यसलाई शतप्रतिशत कन्ट्रोल गर्न सम्भव छैन । विस्तारै यसलाई सुधार हुँदै गइरहेको छ ।

एआईको विस्तार 

आजभन्दा भोलि उन्नत हुँदै गइरहेको छ । यसमा विस्तारै प्रगति देख्नेछौँ । एआईले सम्भावित उत्तर दिने टाइपको मोडल भएका कारण शतप्रतिशत नै यही हो भन्ने किसिमले उत्तर दिन सक्दैन । सिस्टम नै त्यही किसिमले डिजाइन गरेको कारणले सुधार गर्न न सकियो तर, पूर्ण रुपमा यही हो भनेर उत्तर पाउन सकिँदैन । 

एआईको ‘सर्टेन प्याटर्न’ यस्तो छ कि त्यो ‘प्याटर्न ल्याङ्ग्वेज’मा हुन सक्छ । त्यो प्याटर्न इमेजमा हुन सक्छ । त्यो प्याटर्न बुझेर निर्देशन दिँदा केही काम गर्न सक्छ ।  अहिले एआई त्यहाँ पुगेको छ । ‘ह्युमेन ब्रेन’को ‘कम्प्यारिजन’मा धेरै पछाडि छ । यस्तो अवस्थामा त एआईले विश्वमा नै तहल्का मच्याएको छ । त्यसकारण यसलाई प्रगति हुँदै जाँदा के–के हुन्छ भनेर अनुमान गर्न कठिन छ ।  केही अनुमान गर्दा सफ्टवेयर २.० जुनमा एआई प्रयोग भएको हुन्छ त्यो एकदुई वर्षमा आउँछ होला । यो चाहिँ अहिलेको क्यालकुलेटर जस्तै हुनेछ । सस्तो मूल्यको रोबोटहरू आउनेछन् । 

स्वचालित सवारी, जहाजलगायतका विषयमा प्रगति हुन्छ भन्ने अनुमान गर्न सकिन्छ । त्यसबाहेक आगामी ५ वर्षमा बाँकी के हुन्छ भन्ने विषयमा अझै अनुमान गर्न कठिन छ ।  अहिलेको हाम्रो एआई सिस्टमहरू न्यारो बेसिस सिस्टमहरूमा कुनै पनि कन्सेप्ट, गाडी, कार मान्छे कसरी स्टोर भएको छ भन्ने कुरामा धेरै अनुसन्धान भएको छ । 
महत्वपूर्ण कुरा के छ भने पहिला पहिला हामीले प्रयोग गर्ने ‘एक्सेल सिट’मा नाम भन्ने कोलममा नाह हुने गर्छ । तर, डीप लिर्निङ सिस्टममा त्यस्तो हुँदैन ।  चिप हाम्रो दिमागमा राखेपछि के–के तत्वहरू त्यसमा चलिरहेका छन् भन्ने कुरा पत्ता लगाउन सक्ने भयो । 

चिप राखेपछि मान्छेले के–के विचार गरिरहेको छ भन्ने कुरा थाहा पाउने भयो ।  चिप राखेर मान्छेले यस्तो सोच्यो भने यो प्याटर्न आउँछ भन्ने थाहा हुन सक्छ ।  न्यूरोन चिप कम्प्युटरमा कनेक्ट गराएर केही सोच्यो भने कम्प्युटरमा त्यसको बारेमा जानकारी आउने भयो । हामी अहिले यो अवस्थामा छौँ । ब्रेनलाई नै कन्ट्रोल गर्ने भन्ने कुरा धेरै माथि छ । 

कस–कसको हितमा एआई ?

एआई भनेको सबैको हितको लागि प्रयोग हुने भएको कारण यसको लागि राम्रो ‘गाइडेन्स’ राखेर कडा ‘मनिटर’ गर्नपर्छ । अहिले युक्रेनको लडाइँमा एआई टेक्नोलोजी धेरै नै प्रयोग भइरहेको देखिन्छ । त्यसकारण यसको सुरक्षामा विश्व नै चनाखो हुनुपर्छ । 

नेपालमा पनि त्यसका धेरै प्रयोगकर्ताहरू छन् । प्रयोग गर्नको लागि पनि यसको लेभल होला । कसैले यस्ता एआईको प्रयोग गरेर १० दिनको काम एकै दिनमा गरिरहेको होला । कसैले चार महिनाको काम एक महिनामा गरेको होला । १० जनाको काम एक जनाले गरिरहेको होला । यो हिसाबले हेर्ने हो भने त उहाँहरूलाई त धेरै फाइदा भएको छ ।  यस्ता धेरै कम शुल्कका एआई टुल्सहरू पनि रहेको छ । यसलाई सित्तैमा दिने ट्रेन्ड पनि सुरु भइरहेको छ । 

नेपालमा सम्भव छ ? 

एआई सफ्टवेर, त्यसको पूर्वाधारलगायतका कुराहरू नेपालमा बनाउनुपर्ने हुन्छ । त्यसको लागि ठूलो लगानी चाहिन्छ । मुख्य भनेको यसको डीप लर्निङमा जीपीयू कम्पोनेन्टको कारणले यो मोडेलहरू तयार पार्नको लागि धेरै डेटा चाहिन्छ ।  पहिला १० औँ लाख बढी शब्दहरूको मोडल तयार गर्नुपर्छ । अब खर्बौँ शब्दहरू प्रयोग गरेर त्यस्ता मोडल तयार गर्नुपर्ने अवस्था छ । निकै ठूलो डेटालाई ट्रेन गर्दा जीपीयू धेरै नै चाहिन्छ । उदाहरणको लागि १० हजार जीपीयू पनि चाहिएको छ । त्यसलाई ६ महिना ट्रेन गर्दा विद्युतको बिल, पूर्वाधार लगायतका कुरामा धेरै खर्च निस्किन्छ । 

एआई सबैको लागि खुला गरिएको छ । त्यसकारण एउटा मात्रै देशले विकास गरेर विश्वमा अधिपत्य जमाउन गाह्रो पर्ला । अहिल धेरै एआई टुलहरू अंग्रेजी बुझ्ने मानिसहरूको लागि मात्रै उपलब्ध रहेको छ ।  त्यसकारण डिजिटल डिभाइड अवश्य पनि छ । त्यसलाई कम गर्नको लागि हामीले यस्ता टुलहरूको आफ्नै भाषामा उपलब्ध गराउन सक्नुपर्छ । एआईले हाम्रो भाषा बुझ्ने अनुसन्धान गर्नुपर्छ । त्यसकारण सबैजनाले प्रयोग गर्न सक्ने भाषामा भयो भने अवश्य पनि सजिलो हुन्छ ।

आइफोनमा जेमिनी एआइ आउँदै

गुगलका सीईओ सुन्दर पिचाईले गुगलको शक्तिशाली जेमिनी एआई आगामी दिनमा आइफोनमा पनि देख्न सकिने बताएका छन् । उनीहरुले यस सम्बन्धमा एप्पलका सीईओ टिम कुकसँग वार्ता गरिरहेका छन् र सन् २०२५ को मध्यसम्ममा यो सम्झौता हुन सक्ने विश्वास गरिएको छ । यदि यसो भयो भने जेमिनी एआईको एकीकरण आईफोन, आईओएस १६ को अर्को सफ्टवेयर अपडेटमा हुन सक्छ। सुन्दर पिचाईले गुगल र अमेरिकी न्याय विभागबीच चलिरहेको सर्च एकाधिकार ट्रायलको क्रममा अदालतमा यो जानकारी दिएका हुन् ।

यो सम्झौतापछि आइफोन प्रयोगकर्ताहरूले सिरीसँगै जेमिनी एआईको विकल्प पाउन सक्नेछन्। जसरी आईओएस १८.२ पछि सिरीमा च्याटजीपीटी सपोर्ट गरिएको छ, त्यसैगरी प्रयोगकर्ताले चाहेमा सिरीसँग कुरा गर्दा जेमिनी एआईबाट पनि जवाफ पाउन सक्नेछन् । हाल, सिरीले आफैंले केही प्रश्नहरूको जवाफ दिन्छिन्, तर जब उनले जानकारी प्राप्त गर्दिनन्, उनले च्याट जिपिटीबाट मद्दत लिने गरेकी छिन् । जेमिनीको सुरुवात पछि प्रयोगकर्ताहरूसँग दुई विकल्पहरू हुनेछन् । च्याट जिपीटी र जेमिनी विशेष गरी लेखन उपकरण जस्ता सुविधाहरूका लागि उत्कृष्ट रहेका छन् ।

के हो जेमिनी एआइ ?

हाल आईफोन प्रयोगकर्ताहरूले जेमिनी एप डाउनलोड गरेर मात्र गुगल एआई प्रयोग गर्न सक्छन् तर यो सम्झौता पछि जेमिनी सीधै आईफोनमा इनबिल्ट हुनेछ । यसको मतलब प्रयोगकर्ताहरूले एप डाउनलोड नगरी सिरी वा एप्पलका अन्य सुविधाहरूको साथ जेमिनी प्रयोग गर्न सक्षम हुनेछन्। एप्पलले पहिले नै भनेको छ कि यो एआई च्याटबटहरूको लागि बहु विकल्पहरू प्रदान गर्न चाहेको छ । 

एप्पलले पनि सिरीलाई स्मार्ट बनाउने काम गरिरहेको छ । एक रिपोर्टका अनुसार सिरीलाई छिटो र राम्रो बनाउनको लागि भिजन प्रो हेडसेटको एआई टोलीमा सिरी इन्जिनियरहरूलाई स्थानान्तरण गरिएको छ  । रिपोर्टहरू भन्छन् कि एप्पलले नयाँ एआई संस्करण सिरी २.० मा काम गरिरहेको छ तर यसको लन्च अहिलेको लागि स्थगित गरिएको छ । किनभने यदि गुगल र एप्पलबीच सम्झौता भयो भने सिरीमा जेमिनीको एकीकरणले एप्पलको यो प्रयासलाई अझ बलियो बनाउन सक्छ ।


 

मंगलबार, १३ जेठ २०८२, १२ : ३०

प्रतिक्रिया