अपि पावरले भोलि २९.३८ प्रतिशत हकप्रद शेयर विक्री गर्दै

बुधबार, १९ जेठ २०७८, ११ : २३

काठमाडौं, अपि पावर कम्पनीले  भोलि (बिहीवार) देखि २९.३८ प्रतिशत हकप्रद शेयरको विक्री खुला गर्ने भएको छ ।

कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको अंकित दर र.। १०० रहेको छ ।  कम्पनीले हकप्रद शेयर प्रयोजनको लागि  गत वैशाख २९ गते बुक क्लोज गरेको थियो । 

उक्त हकप्रद शेयरमा आवेदकले असार ९ गतेसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रदमा अपि पावर कम्पनी ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु इटहरी,पोखरा, नारायणगढ,सुर्खेत,नेपालगञ्ज,धनगढी र जनकपुरबाट आवेदन दिन सकिने कम्पनीलले बताएको छ ।

कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको संकेत गर्दछ । यसअघि कम्पनीले ४७ प्रतिशत हकप्रद शेयर निष्कासन गरिसकेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रहेको छ । 
 

बुधबार, १९ जेठ २०७८, ११ : २३

प्रतिक्रिया