निर्धन उत्थान लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

बुधबार, १९ जेठ २०७८, ११ : ४२

काठमाडौं,  निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा आवेदन दिने भोलि (बिहीवार) अन्तिम दिन रहेको छ । संस्थाको संस्थापक शेयर जेठ १३ गतेदेखि लिलामीमा आएको हो ।

कम्पनीको जेठ २० सम्म आवेदन दिन सकिने गरी १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयर लिलामीमा आएको हो । प्रतिशेयर न्यूनतम मूल्य रू. ५५० तोकिएको यो शेयरमा बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ । 

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  

शेयर खरीद गर्न चाहने आवेदकहरुले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन बुझाउन सक्नेछन् । 

बुधबार, १९ जेठ २०७८, ११ : ४२

प्रतिक्रिया