तेस्रो घण्टा : ४१.३९ अंकले बढेर नेप्सेमा ७ अर्ब बढीको कारोबार, नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

बुधबार, १९ जेठ २०७८, १४ : १०

काठमाडौं, कारोबारको चौथो दिन (बुधवार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ४१.३९ अंकले बढेर २८१२.७५ विन्दुमा पुगेको छ ।

दुई बजे सम्म कारोबारमा आएका  २१६ ओटा कम्पनीको रू. ७ अर्ब २७ करोड ७ लाख ६५ हजार बराबरको शेयर कारोबार  भएको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १ अर्ब  ८ करोड ६४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। १ हजार ७१५ मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्,  होटल्स तथा पर्यटन, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ  । जसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ५ दशमव ५९ प्रतिशतले बढेको छ । 

बुधबार, १९ जेठ २०७८, १४ : १०

प्रतिक्रिया