नेप्सेमा ३५.२८ अंकको वृद्धि भई २८६२.४० विन्दुमा, कारोबार रकम साढे ४ अर्ब माथि

विहीबार, २० जेठ २०७८, १२ : १०

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको  पहिलो घण्टामा नेप्से परिसूचक ३५.२८ अंकले बढेर २८६२.४० विन्दुमा पुगेको छ । 

एक घण्टाको अवधीमा बजेसम्म कारोबारमा आएका २०६ ओटा कम्पनीको रु. ४ अर्ब ५१ करोड ४१ लाख  बराबरको शेयर कारोबार भएको छ ।

नेप्सेमा सोही अवधीसम्ममा आज १५२ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको २२ शेयरमूल्य घटेको छ । 
 ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।

एक घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, म्युचुअल फण्ड, विकास बैंक, वित्त, अन्य, बैंकिङ, व्यापार,जलविद्युत्, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा,  र लगानी समूहको  सबै परिसूचकमा हरियाली छाएको छ ।

विहीबार, २० जेठ २०७८, १२ : १०

प्रतिक्रिया