काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २८ अंकले बढेर २८५५.१३ विन्दुमा पुगेको छ ।
तीन घण्टाको अवधीमा बजेसम्म कारोबारमा आएका २१३ ओटा कम्पनीको २ करोड २० लाख १८ हजार ७०३ कित्ता शेयर कारोबार हुदाँ रु ११ अर्ब २८ करोड ३० लाख बराबरको शेयर कारोबार भएको छ ।
नेप्सेमा सोही अवधीसम्ममा आज १०५ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ७३ शेयरमूल्य घटेको छ ।
४ कम्पनीको मूल्य स्थीर रहेको छ ।
एक घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार,जीवन बीमा, निर्जीवन बीमा र जलविद्युत् समुह ओरालो लागेको छन भने बाँकी होटल्स तथा पर्यटन, म्युचुअल फण्ड, विकास बैंक, वित्त, अन्य, बैंकिङ, उत्पादन तथा प्रशोधन, लघुवित्त र लगानी समूहको सबै परिसूचकमा हरियाली छाएको छ ।
यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू.७४ करोड ६२ लाख बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया