नेप्सेले गर्यो खानीखोला हाइड्रोको शेयर कारोबार रोक्का

विहीबार, २० जेठ २०७८, १६ : १४

नेप्सेले खानीखोला हाइड्रोपावर कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । 

उक्त कम्पनीले  नेपाल धितोपत्र बोर्ड र नेप्सेमा वित्तीय विवरण सार्वजनिक नगरेका कारण शेयर कारोबार रोक्का भएको हो ।  

नेपाल धितोपत्र बोर्डबाट जेठ १९ गते वित्तीय विवरण सर्वाजनिक नगरेको भन्ने  पत्र प्राप्त भएको र धितोपत्र  सूचीकरण विनियमावली अनुसार कम्पनीले वित्तीय विवरणहरु पेश नगरेको पाइएको भन्दै नेप्सेले बिहीवारकोे निर्णय अनुसार उक्त कम्पनीको शेयर कारोबार रोक्का राखेको बताएको छ ।

विहीबार, २० जेठ २०७८, १६ : १४

प्रतिक्रिया