स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामीमा बिक्री खुला, कहिले सम्म दिन सकिने आवेदन ?

सोमबार, २४ जेठ २०७८, १४ : ०९

काठमाडौं, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आज सोमबारबाट १ लाख ९० हजार ६५० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ७५१ रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन 

यसमा असार २७ गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।  

सोमबार, २४ जेठ २०७८, १४ : ०९

प्रतिक्रिया