साढे ११ अर्ब भन्दा बढी कारोबार गरेको शेयर बजारमा पुनर्बिमा कम्पनीको सर्वाधिक हिस्सा

सोमबार, २४ जेठ २०७८, १४ : २०

काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसुचक सामान्य अंकले बढेको छ ।

तीन घण्टामामा परिसुचक १.०२ अंकले बढेर २९०७.९४ को बिन्दुमा पुगेको छ ।  ।

सोही अवधीसम्म आज २१८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ९४ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८४ शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २१८ कम्पनीका २ करोड ४७ लाख ७९ हजार ९०९ कित्ता शेयर ११ अर्ब ५३ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४२  करोड ९५ लाख बराबरको शेयर कारोबार भएको छ । 

सोमबार, २४ जेठ २०७८, १४ : २०

प्रतिक्रिया