सोमबार नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम झन्डै १६ करोड

सोमबार, २४ जेठ २०७८, १६ : ००

काठमाडौ-  कारोबारको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा सामान्य करेक्सन भएको छ । कारोबारको अन्तिम समयसम्म आउँदा परिसुचक ०.२१ अंकले घटेर २९०६.७० को बिन्दुमा पुगेर बन्द भएको छ ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २९३३.५४ र कममा २८९२.२३पुगेको थियो।

नेप्सेमा सूचिकृत कूल २२१ कम्पनीको १ लाख ५१ हजा २८९  पटक ३ करोड ५३ लाख ४७ हजार ७९१ कित्ता शेयर कित्ता कारोबार हुदाँ १५ करोड ७६ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएर बजार बन्द भएको छ।

सोही अवधीसम्म आज २२१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ९१ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८७ शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिसम्म नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ६२  करोड १७ लाख बराबरको शेयर कारोबार भएको छ । 

नेप्सेमा आज फाइनान्स र हाइड्रो क्षेत्रका कम्पनीको सेयर मूल्य बढेको छ। यसदिन १७ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको हो।

सोमबार, २४ जेठ २०७८, १६ : ००

प्रतिक्रिया