४४.७७ अंकले बढेर नेप्सेमा १२ अर्ब  बढीको कारोबार, ७ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट

मंगलबार, २५ जेठ २०७८, १४ : २१

काठमाडौं, साताको तेस्रो दिन मंगलवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ४४.७७ अंकले बढेर २९५१.४६ विन्दुमा पुगेको छ । 

तीन घण्टाको अवधीमा कारोबारमा आएका २१७ ओटा कम्पनीको रू १२ अर्ब ३ करोड १ लाख २८ हजार बराबरको शेयर कारोबार भएको छ ।

कारोबारको तेस्रो घण्टामा ७ ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । ती कम्पनीहरुमा गोर्खाज फाइनान्स, जानकी फाइनान्स, श्री इन्भेष्टमेण्ट फाइनान्स, समृद्धि फाइनान्स, सांग्रिला डेभलपमेण्ट बैंक मुक्तिनाथ विकास बैंक र ग्रीन डेभलपमेण्ट बैंक रहेका छन् । 

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, लघुवित्त र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ । जसमध्ये विकास बैंक समूहको परिसूचक सर्वाधिक ९ दशमलव २५ प्रतिशतले बढेको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८७ करोड २७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। १ हजार ९८८ मा कारोबार भइरहेको छ ।

मंगलबार, २५ जेठ २०७८, १४ : २१

प्रतिक्रिया