शेयर बजारमा ब्याक टु ब्याक नयाँ रेकर्ड : ५३.४४ अंक बढेर हालसम्मकै उच्च बिन्दुमा नेप्से, कारोबार रकम कति ?

मंगलबार, २५ जेठ २०७८, १५ : ४८

काठमाडौं, मंगलबार नेप्से परिसूचकले पुनः नयाँ  रेकर्ड बनाएको छ। 

नेप्से परिसूचक यस दिन ५३.४४ अंक बढेर २९६०.१४ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च विन्दु हो। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.४७ अंक बढेर ५२८.१० विन्दुमा पुगेको छ। मं

यस दिन २१७ कम्पनीको १ लाख ४८ हजार ५०४ पटकको कारोबारमा १६ अर्ब ८३ करोड ३४ लाख ५८ हजार रुपैयाँ बराबरको ३ करोड ५४ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेले नयाँ अलटाइम हाइ बनाएको दिन ३० भन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। 

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ९।०४ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको परिसूचक ८।७१ प्रतिशत बढेको छ। निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक यस दिन ३ प्रतिशतभन्दा बढी बढेको छ भने उत्पादनमूलक, अन्य र म्युचुअल फण्डको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

मंगलबार, २५ जेठ २०७८, १५ : ४८

प्रतिक्रिया