पहिलो घण्टा : सामान्य अंकले बढेको शेयर बजारमा झन्डै साढे ४ अर्बको कारोबार

विहीबार, २७ जेठ २०७८, १२ : १६

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसुचक सामान्य अंकले बढेको छ ।

एक घण्टाको अवधीमा परिसुचक २.२५ अंकले बढेर २९४८.८३ को बिन्दुमा पुगेको छ ।  ।

यस अवधीसम्म कारोबारमा आएका २०१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ९१ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ७७ शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २०१  कम्पनीका ७९ लाख ६४ हजार ७६३ कित्ता शेयर ४ अर्ब ३३ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

विहीबार, २७ जेठ २०७८, १२ : १६

प्रतिक्रिया