काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको तेस्रोे घण्टामा नेप्से परिसुचक दोहोरो ९.६५ अंकले ओरालो लागेको छ ।
तीन घण्टाको अवधीमा परिसुचक ९.६५ अंकले घटेर २९३६.९३ को बिन्दुमा पुगेको छ । ।
यस अवधीसम्म कारोबारमा आएका २१६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ८४ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८७ शेयरमूल्य घटेको छ । ११ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २१६ कम्पनीका २ करोड १८ लाख ४७९ कित्ता शेयर ११ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस अवधिसम्म एचआईडिसीएलको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७२ करोड ९७ लाख बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया