काठमाडौं - हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को हकप्रद मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।
कम्पनीको १०० प्रतिशत हकप्रद सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ४३ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५ सय ८६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीले १ः१ अर्थात् १ बारबार १ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट जेठ ९ गते, आइतबार अनुमति पाएको थियो ।
कम्पनीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया