एलआइसी नेपालको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

शुक्रबार, २८ जेठ २०७८, १२ : ४२

काठमाडौं, एलआइसी नेपालले बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । 

कम्पनीले गत फागुन ६ गतेसम्म सेयर डिम्याट गराएका १० प्रतिशत बोनस शेयर शेयरधनीको  खातामा जम्मा गराइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।
 
एलआइसीको फागुन २५ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

शुक्रबार, २८ जेठ २०७८, १२ : ४२

प्रतिक्रिया