काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) तेस्रोे घण्टामा नेप्से परिसुचक २५.१६ अंकले बढेको छ ।
तीन घण्टाको अवधीमा परिसुचक २५.१६ अंकले बढेर २९६९.९४ को बिन्दुमा पुगेको छ । ।
आज २१७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १०१ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ७६ शेयरमूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २१७ कम्पनीका २ करोड ६० लाख १२ हजार १३८ कित्ता शेयर १३ अर्ब ४० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस अवधिसम्म लुम्बिनी विकास बैकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ५३ करोड ३९ लाख बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया