माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार फुकुवा

१ बर्ष अगाडि

काठमाडौं-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ ।

संस्थाले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको कारण नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम शेयर कारोबार रोक्का राखेको थियो ।

साथै संस्थाले आगामी दिनमा यस्तो गल्ती नदोहोर्याने स्पष्टिकरण पेश गरेकोमा नेप्सेले आजदेखि नै सो कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको हो । सो पश्चात् संस्थाको शेयर भोलिदेखि नै कारोबार गर्न मिल्नेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया