काठमाडौं- साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ ।
नेप्से सूचक १० अंकले घटेर १९०८ को विन्दुमा कायम हुन पुगेको छ ।
शेयरबजार घटेसँगै कारोबार रकम समेत घटेर ८९ करोड ९५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । सर्वाधिक आज शिवम् सिमेन्ट्सको ५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिष्टिलरीको ३ करोड १२ लाख, जीवन विकास लघुवित्तको २ करोड १४ लाख, एनआइसी एशिया बैंकको २ करोड १३ लाख रुपैयाँ र नबिल बैंकको २ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रतिक्रिया