मंगलवार ७ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनको शेयरमुल्य कति पुग्यो ?

मंगलबार, २५ जेठ २०७८, १५ : २७

काठमाडौं, मंगलवार ७ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

गोर्खाज फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, जानकी फाइनान्स, सांग्रिला डेभलपमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक र ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो । 

यी ७ ओटै कम्पनीहरुको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो । 

बजार बढेसँगै ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ३७४, जानकी फाइनान्सको रू. ४६२, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको रू. ४७३, गोर्खाज फाइनान्सको रू. ४७३, हिमालयन जनरल इन्स्योरेन्सको रू. ८८०, सांग्रिला डेभलपमेण्ट बैंकको रू. ४५१ र मुक्तिनाथ विकास बैंकको शेयरमूल्य रू. ६९३ कायम भएको छ ।
 

मंगलबार, २५ जेठ २०७८, १५ : २७

प्रतिक्रिया