काठमाडौं - सरकारी कोषमा विदेशी मुद्राको सञ्चिती घट्दै गएपछि सरकारले वैदेशिक रोजगारमा रहेका कामदारको मुख ताक्न थालेको छ ।
कोभिड पूर्वको आर्थिक वर्ष २०७५/७६ मा विप्रेषण आप्रवाह अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि भएकोमा कोभिड संक्रमण अवधिको वर्ष २०७६/७७ मा पनि विप्रषण बढेको थियो ।
कोभिडका कारण मुलुकको आर्थिक गतिविधिको अन्य क्षेत्रमा ठूलो असर देखिएपनि विप्रषण आप्रवाहमा खासै असर परेको देखिएको थिएन । २०७६ चैतर२०७७ वैशाख महिनामा विप्रषण आप्रवाहमा उच्च गिरावट आएपनि त्यसअघिका महिनामा खासै असर नपरेको तर पछिल्ला दिनमा विप्रषण आप्रवाह घटेको राष्ट्र बैंकको भनाइ छ ।
कोभिड संक्रमण पूर्वको वर्ष २०७५/७६ मा विदेशी विनिमय सञ्चिति २२ अर्ब ५० कारोडले बढेकोमा २०७६/७७ मा त्यस्तो सञ्चिति ३ खर्ब ८६ अर्बले बढेको छ । कोभिड–१९ का कारण निकासी घटेपछि आयातपनि घटेको र कोभिडको अवधिमा समेत विप्रेषण आप्रवाहमा वृद्धि भएका कारण विदेशी विनिमय सञ्चितिमा सकारात्मक प्रभाव परेको थियो ।
तर गत वर्षको पुसदेखि फागुनसम्म विदेशी सञ्चिति ३७ खर्ब ८० करोडले घटेको छ । त्यसले अर्थ मन्त्रालयलई व्यापार सन्तुलनमा राख्न चुनौती बढाएको छ ।
नेपालको विदेशी मुद्रा आर्जनका विभिन्न माध्यम छन् । निर्यात, रिमिट्यान्स र पर्यटन प्रमुख माध्यम हुन् । तर कोभिड–१९ पछि पर्यटन क्षेत्र सबैभन्दा बढी नकारात्मकरुपमा प्रभावित भएको छ ।
सन् २०१९ मा विदेशी पर्यटक आगमनमा २.१ प्रतिशतले बढेकोमा सन् २०२०मा त्यस्तो आगमन ८०.८ प्रतिशतले घटेको छ । यसले पर्यटनबाट हुने आम्दानीलाई ७० प्रतिशतले घटाएको राष्ट्र बैंकले जनाएको छ ।
वार्षिक दश लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य भएपनि गत वर्ष २ लाख ३० हजार मात्र पर्यटक नेपाल आएका थिए । यसले पनि सरकारको ध्यान वैदेशिक रोजगारीमा रहेका र जाने कामदारमाथि परेको हो ।
प्रतिक्रिया