दोस्रो घण्टामा उकालो लाग्यो नेप्से, अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार

बुधबार, २६ जेठ २०७८, १३ : १४

बुधवार  नेप्से परिसूचक ११ दशमलव ६० अंकले बढेको छ । कारोबारको दोस्रो घण्टामा आइपुग्दा नेप्से  २ हजार ९७१ दशमलव ७४ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ३९ प्रतिशतले बढेको हो ।  

दोस्रो घण्टाको अवधिमा २१२ ओटा कम्पनीको  ८ अर्ब ९५ करोड ७१ लाख ९६ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा रिडी हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र बरुण हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यस अवधिसम्म अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू। ५५ करोड ३६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। ४७८ मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये विकास बैंक, जलविद्युत्, अन्य, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ । 
 

बुधबार, २६ जेठ २०७८, १३ : १४

प्रतिक्रिया